विवाह अघि यौनसम्पर्क राखेको भन्दै हत्या

Mar 31, 2015

१७ चैत, एजेन्सी । ईस्लामिक स्टेटका आतंककारी समुहले विवाह अघि शारीरिक सम्पर्क राखेको भन्दै एक युवक र युवतीलाई ढुंगाले हानेर हत्या गरेका छन । आतंककारीले यस्तो क्रुर हत्याको तस्विर समेत सार्बजनिक गरेको छ ।



इराकको निन्वेह प्रान्तमा यस्तो निर्मम हत्या गरिएको हो । सार्बजनिक गरिएको तस्विरमा पिडितको चारैतिर दर्जनौं मानिस उभिएर रमिता हेरेको देखिन्छ । प्रत्यक्षदर्शीहरुमध्ये केहीले त आफ्नो बच्चालाई समेत काँधमा राखेर हत्या गरेको दृश्य देखाइरहेका पनि देखिन्छन ।


मौसुलका आईएसआईका प्रमुख आतंकी अबु अन्सार अल अन्सारीले यी दुई युवक, युवती (जोडी)को विरुद्धको आरोप माइकबाट पढेर सुनाएपछि उनीहरुलाई ढुंगाले हानेर मार्ने आदेश दिएपछि प्रमुखकै रोहबरमा उनीहरुको हत्या गरिएको थियो ।



तस्विरमा पुरुषको पछाडि बुर्का लगाएका महिलाहरु पनि देख्न सकिन्छ । आरोपीलाई हातमा बाँधेर ढुंगाले हानिएको छ र  भुईभरी रगत पनि देख्न सकिन्छ ।

0 comments

Write Down Your Responses