काठमााडौं । तेजाव वा प्रज्वलनशील पर्दाथबाट आक्रमण गरी ब्यक्तिको सुन्दरता बिर्गान खोज्नेलाई ५ बर्षदेखि ८ बर्षसम्म जेल सजाय हुने भएको छ
मंगलबार बसेको ब्यवस्थापिका संसदको बिधायन समितिले लैंगिक हिंसा अन्त्य गर्ने सम्बन्धमा बनेको ऐनलाई संशोधन गर्दै यस्तो प्रावधान पारित गरेको छ ।
यसभन्दा अघि एसिड प्रहार गर्ने ब्यक्तिलाई कस्तो साजय गर्ने भन्ने स्पष्ट कानुनी ब्यवस्था थिएन । एसिड प्रहार गर्ने ब्यक्तिलाई ज्यान मार्ने उद्योग अन्र्तगत मुद्दा चलाइदै आएको थियो । बिधायन समितिले बिधेयक पारित गर्दै एसिड वा अन्य प्रज्वलनशील पर्दाथबाट आक्रमण गर्नेलाई ५ देखि ८ बर्ष कैद र एक देखि तीन लाखसम्म जरिवाना हुने ब्यवस्था गरेको छ ।
सिंहदबारस्थित समितिको कार्यालयमा बसेको बैठकले उपसमितिले तयार पारेको प्रतिवेदनलाई सर्वसम्मतिले पारित गरेको हो ।
यस्तै, ‘शरीरका अन्य स्थानमा तेजाव वा अन्य त्यस्तै पदार्थ छ्यापेर कुरुप बनाएमा कसुरको प्रकृति हेरी ३ वर्षदेखि ७ वर्षसम्म कैद र ५० हजारदेखि डेढ लाख रुपैयाँसम्म जरिवाना’को प्रस्ताव समितिले पारित गरेको छ ।
एसिड आक्रमणकारीलाई अव ५ देखि ८ बर्षसम्म कैद सजाय
.jpg)

0 comments
Write Down Your Responses