पूर्वराजा शाह सपरिवार नयाँदिल्ली भ्रमणमा जाँदै

काठमाडौ, १७ चैत । दुई छिमेकी राष्ट्र भारत र चीनले नेपालका ठूला दलका नेतालाई देशको पछिल्लो अवस्थाबारे परामर्श लिन बोलाइरहेको अवस्थामा पूर्वराजा ज्ञानेन्द्र शाहको परिवार एकाएक दिल्ली भ्रमणमा जान लागेको छ ।
करिब एक महिना बसाइका लागि पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल, बुहारी हिमानी र जेठी नातिनी पूणिर्का दिल्ली भ्रमणमा जान लागेका हुन् ।
उनीहरुका साथमा निजी सचिवलगायत झन्डै आधा दर्जन कर्मचारी जाने कार्यक्रम तय भएको छ । भारत भ्रमणका क्रमम अपार्टमेन्टमै खाना पकाउने व्यवस्थासमेत गरिएको छ ।
स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल र उनका निजी सचिव सागर तिमल्सिना यही चैत २२ गते आइतबार र बुहारी हिमानी, उनकी निजी सचिव स्मिता सिंह र छोरी पूणिर्कासहितको टोली चैत २८ गते भारत जाने नेपाल समाचार पत्र दैनिकले छापेको छ ।
पूर्वरानीको स्वास्थ्य उपचारको लागि भारत जाने भनिएपनि पूर्वराजाले उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।

0 comments

Write Down Your Responses