आज मिति , २०७१ साल चैत्र शुल्कपक्ष एकादशी तिथि चैत १७ गते मंगलवार
आज मिति , २०७१ साल चैत्र शुल्कपक्ष एकादशी तिथि चैत १७ गते मंगलवार अनुसार तपाईंको राशी यस प्रकार छ
मेष (चू चे चो ला ली लु ले लो अ)
कार्य क्षेत्रमा देखिएका समस्याको निराकरण हुनेछ । अकल्पनीय घटनाको सम्झनाले मानसिक चिन्ता हुनेछ । आफ्ना सहयोगी र रक्षकको संख्या बढ्ने छ । ब्यापार लाभमा जानेछ । अरुको सहयोग र सद्भाव पाइने छ । मित्रता बढ्ने छ ।
वृष (इ उ ए ओ वा वी वु वे वो)
सोचेको कुरा व्यवहारमा नहुँदा मानसिक चिन्ता हुनेछ । आर्थिक कामको शिलशिलामा भ्रमण हुने योग रहेको छ । विचारमा प्रगतिशिल र कार्यमा जुझारु भइने समय योग रहेको छ । लामो समयबाट रोक्किएका काम बन्ने छन् । आयश्रोत बढ्ने छ ।
मिथुन (का कि कु घ ङ छ के को हा)
द्वादस ग्रहको बाधा रहेकोले झुठा मुद्दा लाग्ने भय रहेको छ । आफन्ती, सङ्गी तपार्इको कार्यबाट असन्तुष्ट रहने छन् । आय भन्दा व्ययको स्थिति अझ बढ्ने छ । स्वास्थ्यमा प्रतिकूलता आउने देखिएको छ । आरोप प्रत्यारोप भन्दा माथि उठ्न सके लाभ हुनेछ ।
कर्कट (ही हु हे हो डा डि डु डे डो)
आर्थिक पक्षमा देखिएका अनियमितताको अन्त्य हुनेछ । मनोरञ्जनात्मक काममा खर्च होला । आफ्ना हित चिन्तक बढ्ने छन् । विवादबाट मुक्ति मिल्ने छ । समय अनुसार चल्ने वा निर्णय लिन सफल भइने छ । अचानक मान बढ्ने छ ।
सिंह (मा मि मू मे मो टा टी टु टे)
बोलीको गलत प्रयोगले विवादमा परिने भय छ । आर्थिक लेनदेनमा पारदर्सी बन्नु पर्नेछ । आलोचकहरु बढ्ने छन् । मानसिक शान्तिको लागि खर्च गरिए पनि उचित लाभ नहुने देखिएको छ । कर्मक्षेत्र तपार्इको प्रतिकूल हुने देखिएको छ ।
कन्या (टो प पी पु ष ण ठ पे मो)
समय सार्थक परिणाम दिनेवाला रहेको छ । अरुलाई दोष दिनु पूर्व आफ्ना गल्तीको बारेमा समीक्षाको जरुरी देखिएको छ । खेती, किसानी आदिमा राम्रो मुनाफा कमाइने छ । रमाइला प्रसङ्गमा रम्न मन लाग्ने छ । ब्यापार लाभ मिल्ने छ ।
तुला (र री रु रे रो ता ती तू ते)
सहि समयमा गरेको सहि निर्णयको प्रतिफल पनि उच्च रहने छ । विगतका रमाइला प्रसङ्गले रोमान्चित बनाउने छ । गुमेको धन प्राप्ति योग रहेको छ । गाडी, वाहन सुख मिल्ने छ । आय र व्ययको समान वितरणले सोचेको काम पुरा हुनेछ ।
वृश्चिक (तो ना नी नू ने नो या यि यु)
धार्मिक कार्यमा अधिक खर्चको योग रहेको छ । साहित्यिक तथा खेलकुदको विकासका लागि सजग भइने छ । आरोपहरुको समाधान गर्न सफल भइने छ । शैक्षिक लगानीको बाटो खुलेको छ । सन्तान मार्गबाट शुभ समाचार सुन्न पाइने छ ।
धनु (य यो भा भी भू ध फा ढ भे)
लामो विवादबाट दिग्दारीको स्थिति रहने छ । गुमेको धन प्राप्त हुने छ । शरीरमा घाउ चोटको भय रहेको छ । केही तिता मिठा अनुभव संगाल्नेको अलावा अरु प्रगति नहुने देखिएको छ । सामाजिक कार्यमा खर्च भए पनि जस त्यति आउने छैन ।
मकर (जो जा जी खी खू खे खो गा गी)
विवादमा परिने भय रहेको छ । बोलीको ठेगान नहुँदा आलोचनाको शिकार भइने छ । आत्मियता खल्लो हुनेछ । दिनको अन्त्यबाट भने कार्य सफलताको योग छ । तपार्इको राम्रो कामको जस पाइने छ, भविष्यको लागि केही कामको थालनी हुनेछ ।
कुम्भ (गू गे गो सा सी सु से सो द)
अरुको भरमा नपरेको बेश, आम्दानीको स्रोत गुम्ने भय रहन सक्छ । आर्थिक कठिनाइको सामना गर्नु पर्ने हुन सक्ने छ । खर्च एकाएक बढ्ने र आय श्रोत कमजोर हुनेछ । केही साना तिना विवादको कारण लक्ष पुरा गर्न गाह्रो पर्नेछ । विदेशको बास हुनेछ ।
मीन (दि दू थ भ ञ दे दो चा ची)
दिन अत्यन्तै सकारात्मक फलदिने रहेको छ । केही नयाँ काम गरे सफल भइनेछ । घरमा धार्मिक कार्य सम्पन्न हुनेछ । बिगतको गल्तीबाट पाठ सिकेर अघि बढ्ने प्रेरणा मिल्नेछ । सरकारी काममा प्रतिष्ठा बढ्ने छ । अरुलाई गरेको गुनको प्रतिफल उच्च आउने छ ।
.jpg)

0 comments
Write Down Your Responses