सरकार छाड्ने एमाले निर्णय !
March 2, 2015
काठमाडौँ । नेकपा एमालेले तत्काल संविधान बन्ने ग्यारेन्टी नभए वर्तमान सत्ता समिकरणमा रहन नसक्ने निष्कर्ष निकालेको छ ।
पार्टी केन्द्रीय कार्यालय बल्खुमा बसेको स्थायी कमिटि बैठकले संविधान बनाउने शर्तमा वर्तमान सरकारमा सहभागि भएकाले तत्काल संविधान जारीहुने वातावरण नभए सत्ता छाड्नेबारे छलफल भएको सचिव प्रदिप ज्ञवालीले जानकारी दिए ।
बैठकमा एकीकृत नेकपा माओवादी मोर्चासँग सहमतिको अन्तिम प्रयास गर्ने , सहमति नभए संविधान लेखनको प्रक्रिया थाल्न संविधानसभाका अध्यक्षलाई आग्रह गर्ने निर्णय भएको पनि ज्ञवालीले जानकारी दिए ।
बैठकमा सत्ता साझेदार नेपाली कांग्रेसले संविधान लेखनलाई भन्दा पार्टी महाधिवेशनलाई प्राथमिकता दिन खोजेको भन्दै कांग्रेसको धारण बुझ्नुपर्ने प्रस्ताव आएको सचिव ज्ञवालीले बताए ।
यस बारेमा मंगलबार कांग्रेससँग छलफल गर्ने निर्णय भएको सचिव ज्ञवालीले जानकारी दिए ।
.jpg)

0 comments
Write Down Your Responses