माटोमुनी घैटोभरी प्राचिन चाँदीका सिक्का भेटिए

कपिलवस्तुको तिलौराकोट दरवार पूर्वपट्टि एकजना किसानको खेतको गँहुबालीभित्र एक घैटोभरि चाँदीका सिक्का फेला परेको छ ।

तिलौरी गाउँका झन्डाए कोरी दलितको निजी नम्वरी खेतको गहुँवाली फाडेर खन्दै जादा जमिनदेखि ४० सेन्टिमिटर कम गहिराईमा नै उक्त चाँदीले भरिएको माटाको घैटो सहित विहारको भगंनाअवशेषहरु फेला परेको हो ।
दरवारदेखि पूर्व र कन्थक स्तुपदेखि दक्षिण खेतको गँहुवाली फाडेर उत्खन्न गर्ने क्रममा ४९५ वटा चादीका सिक्काहरु फेला परेको लुम्विनी विकास कोषका सदस्य सचिव अजितमान तामाङले नेपालसन्देशलाई जानकारी दिए ।
सूर्य, चन्द्र, हात्ती, मयुरलगायत विभिन्न चिन्ह र आकार भएका चाँदीका सिक्का भेटिएको उनको भनाई छ । फेला पारिएका सिक्काहरु मार्यकालिन रहेको र विभिन्न साईज र आकृति कोरिएका पञ्चमार्कका छन ।
Source-Nepalsandesh

0 comments

Write Down Your Responses