तेजाव आक्रमणमा सत्तापक्षीय दलकै मान्छे संलग्न रहेको दावी

फोरम लोकतान्त्रिकका रामजनम चौधरी र राप्रपा नेपालका विक्रमबहादुर थापाले राजधानीमा दुई किशोरीलाई तेजाव हानिएको घटनाका अपराधीहरुको सत्तापक्षीय दलकै संरक्षणका कारण तेजाव आक्रमणका दोषीहरु फेला पार्न नसकिएको दावी गरेका छन् ।


फोरम लोकतान्त्रिकका प्रमुख सचेतक समेत रहेका चौधरीले प्रहरीले चाहेमा विदेश पुगेको अपराधीलाई समेत खोजेर ल्याउन सक्ने भएकाले नचाहेकै कारण अपराधी पत्ता नलागेको दावी गरे ।उनले भने‘यसमा राजनीतिक रङ त छ्रैन ? सत्तापक्षीय दलकै संलग्नता त छैन’  ‘कतै गृहमन्त्रीकै पार्टीको कोही त तेजाब आक्रमणमा संगल्त छैन ? मलाई शंका लागिरहेको छ ।’

यस्तै राप्रपा नेपालका विक्रमबहादुर थापाले एसिड घटनाका अपराधीलाई सरकारले नै संरक्षण गरेको आरोप लगाए ।
गृहमन्त्री वामदेव गौतमले राजधानीमा दुई किशोरीलाई तेजाव हानिएको घटनाका अपराधीहरुको नजिक पुगेको दावी गरेका छन् ।
संसदको राज्यव्यवस्था समितिको बैठकमा सभासदहरुको सवालको जवाफ दिँदै उनले पिडितका परिवारले सहयोग नगरेकाले छानविनमाकठिनाइ भइरहेको बताए ।

गत ११ गते भएको उक्त घटना उनीहरुले चिनेजानेकै ब्यक्तिबाट भएको ठहर बामदेवले सुनाए । उनले भने ‘यस्ता एसिड घटनामध्ये ९० प्रतिशत घटना चिनेजानेकैबाट भएको छ । सम्बन्धीत पिडित या परिवार कसैले पनि अनुसन्धालाई सहयोग गरेका छैनन ।’
उनले पिडितहरुले प्रयोग गरेको मोवाइल फोनको कल डिटेलको आधारमा मात्रै खोजविन गर्न परेकाले अपराधी पक्रन अलि ढिलाई भएको बताएका छन् ।**

0 comments

Write Down Your Responses