कुन अंग फरफराउँदा के हुन्छ ? जानौँ
हामो शरिर अन्य प्राणीको तुलनामा निकै संवेदनशिल भएकै कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरिरले पहिले देखी नै आशंका समेत गर्ने गरेको जनविश्वास छ ।
शरिरको अंगहरू फरफराउनुले भविष्यमा हुने राम्रो र नराम्रो घटनाका बारे संकेत गर्ने गरेको पाइन्छ । आज हामि तपाईलाई शरिरको विभिन्न भागमा हुने फरफराइले के संकेत गर्छ सो बारेमा जानकारी दिनेछौँ । जुन व्यक्तिको चिउडो फडफडाउँछ, उक्त व्यक्तिलाई स्त्री खुस मिल्छ र साथमा धनलाभ पनि हुन सक्ने सम्भावना हुने गरेको छ ।
टाउकोको अलगअलग भाग फरफराउँदा त्यसले पनि फरकफरक संकेत गर्छ । निधार फरफराउँदा भौतिक खुस भोगको अवसर प्राप्त हुन सक्छ भने कानको भाग फरफराउँदा तपाईले राखेको इच्छाहरू पुरा हुन सक्छ । दाहिने आँखाको आँखीभौ र आँखा फरफराउँदा तपाईले चाहेका सबै इच्छा पूर्ण हुन्छन् भने बायाँ आँखा र आँखीभौ फरफराउँदा शुभ समाचार प्राप्त हुने गरेको पाइन्छ ।
तर, यदी दाहिने आँखा फरफराए शारीरिक कष्ट हुने गरेको छ।दुवै गाला फरफराउँदा भने धन प्राप्त हुने विश्वास छ ।यदी तपाईको ओठ फरफराए तपाईको मिल्ने व्यक्तिको आगमन हुन्छ । मुख फरफराउँदा भने छोराबाट शुभ समाचार प्राप्त हुन सक्ने सम्भावना रहन्छ । दाहिने काँध फरफराए धन सम्पत्ति हात पर्न सक्छ भने बायाँ काँध फरफराउँदा सफलता प्राप्त हुने तर, यदी दुवै काँध फरफराए झगडाको सम्भावना बढ्छ । यदी हात फरफराए मानिस कुनै विपत्तिमा फस्न सक्छ ।
हातको औला फरफराए साथीहरूसँग भेट हुने बताएका छन् ।
मुटुको उपल्लो भाग फरफराए झगडा हुने सम्भावना रहन्छ ।
दाहिने खुट्टा फरफराए कठिनाईको सामना गर्नुपर्ने हुन्छ भने बायाँ खुट्टा फरफराउँदा कतै यात्रा गर्ने सम्भावना रहन्छ ।
.jpg)

0 comments
Write Down Your Responses