बलिउडका ६ रहस्यमय मृत्यु

दिव्या भारती

यि आकर्षक नायिका १९९० दशककी उत्कृष्ट नायिकामा गनिन्थिइन तर अकालमै यिनको मृत्यु भएको थियो।
आफ्नै अपार्टमेन्टको पाँचौ तलाबाट खसेकी थिइन भारती। प्रहरीले अनुसन्धान पश्चात उनले आत्महत्या गरेको ठहर गरेको थियो। तापनि उनको मृत्युको कारणभने उनको पति साजिड नादियादवाला हुन सक्ने अड्काल काटिदै आएको छ।
मनमोहन देसाइ
अमर अकबर एन्थोनी, कुली, धरम वीर जस्ता चर्चित फिल्महरुको साथै २० भन्दा बढी फिल्महरु निर्देशन गरेका मनमोहन बाल्कोनीबाट हाम्फाले पश्चात मृत भटिएका थिए।
असफल करिअरको कारणले चिन्तित भइ आत्महत्या गेरका भनिए तापनि उनको मृत्युलाइ रहस्यमय मान्ने गरिन्छ।

जिया खान
२५ वर्षकी यी नायिका सन् २०१३ को जुन ३ मा जुहु अपार्टमेन्टमा सिलिङमा झुण्डीरहेको अवस्थामा भेटिएकि थिइन।
उनको आमा रबिया खानले भने यो आत्महत्या नभइ हत्या नै भएको र कलाकार आदित्य पञ्चोलीको छोरा सोरज पञ्चोली जो जियाको ब्वाइफ्रेण्ड पनि थिए, जिम्मेवार भएको दावी गरेकी थिइन।
गुरु दत्त
निर्माता, निर्देशक तथा कलाकार गुरु दत्तले प्यासा, कागज के फूल, साहिव बीबी और गुलाम जस्ता कयौं उत्कृष्ट फिल्महरुमा योगदान दिएका थिए।
उनलाइ रक्सी र स्लीपिङ चक्की धेरै खाएर ओभरडोज भइ मृत अवस्थामा भेटिएको थियो। उनी डिप्रेशनको शिकार थिए।

सिल्क स्मिता
विजयालक्ष्मी भद्लपती सिल्क स्मिता को नामले बढी चर्चित थिइन्। साउथ इण्डियन फिल्म इन्डस्ट्रीको 'सेक्स साइरन' भनेर चिनिन्थिइन उनी।
सन् १९९६ मा आत्महत्या गरेकी थिइन सिल्कले। अत्याधिक रक्सी सेवन, असफल रोमान्स र आर्थिक चपेटा उनको मृत्युको कारण 
थिए भनि भनिन्छ। विधा वालन अभिनित 'द दर्टी पिक्चर' मा सिल्कको भुमिकामा यिनै नायिकाको कथा उतारिएको थियो।

कुनाल सिं
'दिल हि दिल मे' नामक फिल्मका यि कलाकार आफ्नै घरमा सिलिङमा झुण्डिरहेको अवस्थामा भेटिएका थिए। तापनि उनका बाबुले भने यो आत्महत्या नभइ हत्या भएको दाबी गरेका थिए।

0 comments

Write Down Your Responses