'कि राजा आउँछन् नत्र सैनिक शासन लाग्छ'...


Mar 31, 2015

१७ चैत, काठमाडौं।

नेकपा एमाओवादीको सचिव देव गुरङले देशमा राजसस्थाको पुनरागमन वा सैनिक शासन लाग्न सक्ने सनसनीपुर्ण टिप्पणी गरेका छन्। भक्तपुरमा आयोजित एक अन्र्तसंवाद कार्यक्रममा बोल्दै गुरङले भने- ‘विभिन्न शक्ति केन्द्रहरुले दलहरुलाई असफल देखाउन खोज्नुले नेपालमा राजदरवारको आगमन नहोला भन्न सकिँदैन ।

राजनीतिक दलहरुको यस्तै क्रियाकलाप बढ्दै जानेहो भने देशमा सैनिक सासन वा त्यो भन्दा पनि खतरनाक अवस्था आउन सक्दछ ।’

उनले राजनीतिक दलहरुको गतिविधिले मूलुक भुटान र सिकिमिकरणको बाटो तर्फ उन्मुख भएको पनि दाबी गरेका छन् ।
राजनीतिक दलहरु रबर स्ट्याम्प भएको र सबै निर्णय दिल्लीमै भर पर्ने भएकाले देश सिकिमिकरण तर्फ अग्रसर बनेको तर्क उनले गरे ।

शक्ति केन्द्रहरुले राजनीतिक दलहरुलाई आन्तरिक द्धन्द्धमा फसाउँदै लानुले पनि दलहरु विस्तारै असफल बन्दै गएको गुरङको भनाई थियो । संविधान जारी हुन नसक्नुको पछाडी दलहरु असफल नभई शक्ति केन्द्रको ईशारा नआएकाले संविधान जारी तर्फ अगाडी नबढेको बताए । कदमकदाचित संविधान जारी भए त्यो २०४७ सालको पश्चगामी संविधान र त्यो भन्दा पनि जंगे पाराको संविधान जारी हुने उनले ठोकुवा गरे ।

बाह्र बुदे सम्झौता दिल्लीमा गरेर नेपालका राजनीतिक दहरुले त्यती बेला जसरी आफ्नो भक्ति प्रदर्शन गरेका थिए हाल आफू शक्तिमा आउनुका लागि नेताहरुले भक्ति प्रर्दशन गर्दा देश अनिर्णयको बन्दी बन्दै भएको उनले बताए ।
राजनीतिक गतिरोधको अन्त्यका लागि निषेधको राजनीतिक बन्द गरेर राष्ट्रिय सहमतीको वातावरण तयार नर्गदा सम्म मूलुकमा अस्थिरता रहिरहने उनको ठहर थियो ।

0 comments

Write Down Your Responses