मोबाइल विस्फोट हुँदा सात वर्षीया बालिकाको मृत्यु

एजेन्सी–



 भारतको पश्चिम बंगालमा एक खतरनाक घटना भएको छ ।

त्यो घटना कुनै बम बिस्फोट या भिडन्त थिएन तर खतरनाक थियो ।

ते थियो मोबाइल विस्फोटको घटना । जसबाट एक सता वर्षीया बालिकाको मृत्यु भएको छ ।

 यो घटना मोबाइलको बेट्री चार्ज भइरहेको समयमा भएको समाचारहरुमा उल्लेख छ ।

पुलिसका अनुसार कक्षा १ मा पढ्ने बालिका जब मोबाइल चार्ज भइरहेको स्थानमा गइन् तब सो घटना भयो ।

मोबाइल विस्फोटबाट निक्लिएको आगो लागेर ती बालिकाको मृत्यु भयो । आगो लागेर घाइते बालिककालाई परिवारका सदस्यले हतारहतार अस्पताल लगेता पनि डाक्टरले मृत घोषणा गरेका थिए । पुलिसका अनुसार मोबाइल चीनमा बनेको थियो

0 comments

Write Down Your Responses