भारतलाई सेमिफाइनल जिताउन आफ्नो जिब्रो काटेर भगवानलाई चढाउने यी कस्ता फ्यान

मंगलवार, 17 चैत,
भारतलाई सेमिफाइनल जिताउन आफ्नो जिब्रो काटेर भगवानलाई चढाउने यी कस्ता फ्यान
भारतलाई सेमिफाइनल जिताउन आफ्नो जिब्रो काटेर भगवानलाई चढाउने यी कस्ता फ्यान
भेलोर-एउटा भारतीय पागल क्रिकेट प्रेमीले तमिलनाडुमा बिहीबार अस्ट्रेलियाविरुद्धको सेमिफाइनलमा भारतले जित हासिल गरोस भनेर आफ्नो जिब्रो भगवानलाई बलि चढाएका छन । भेलोर जिल्लाका सुधाकर नाम गरेका उनले क्रिकेटलाई आफ्नो जीवनभन्दा पनि धेरै माया गर्ने हुनाले भगवानले चमत्कार गरुन भनेर जिब्रो बलि दिएको टाइम्स अफ इण्डियाले जनाएको छ ।

अस्ट्रेलियाले जब भारत विरुद्ध पहिले ब्याटिङ रोज्दै जब ३२८ रनको विशाल लक्ष्य भारतलाई प्रस्तुत गर्‍यो । त्यतिखेरदेखि नै सुधाकर पागलजस्तै भएका थिए ।

स्थानीय प्रहरीका अनुसार सुधाकरले चक्कु निकालेर आफ्नै निवासमा जिब्रो काटेका थिए । त्यसपछि उनी ठूलो श्वरले चिच्चयाउँदैं रोएका थिए । अनि उनका छिमेकीहरुले आएर उनलाई नजिकैको अस्पतालमा लगेर उपचार गराएका थिए ।

प्रहरीले उनी विरुद्ध कुनै पनि मुद्धा दायर गरेन किनभने उनीविरुद्ध कुनै कम्प्लेन नै परेको थिएन ।

0 comments

Write Down Your Responses