राष्ट्रपति कार्यालयकै कर्मचारीबाट युवतीको बलात्कार, दुई सातासम्म घटना गुपचुप
२०७१ चैत १७ गते
काठमाडौं, १७ चैत। काठमाडौँको महाराजगन्जस्थित राष्ट्रपतिको कार्यालय शीतलनिवासको सुरक्षामा खटिएका कर्मचारीबाटै महिला बलात्कृत भएको खुलासा भएको छ ।
शीतलनिवासको सुरक्षामा खँटिदै आएका नेपाली सेनाका सिपाही धनबहादुर भनिने ध्यानबहादुर श्रेष्ठबाट महिला बलात्कृत भएकी हुन् । आफ्नै छिमेकी महिलालाई बलात्कारको आरोपमा उनलाई प्रहरीले दुई सातादेखि हिरासतमा राखेको छ ।
घटना दुई साता अघिको हो । सिपाही श्रेष्ठ शितल निवासको पछाडि पटिट् डेरा गरी परिवारसहित बस्दै आएका थिए । फागुन २७ गते श्रीमती माइती गएको मौका पारेर उनले छिमेकी महिलालाई जबर्जस्ती गरेका हुन् । ती महिलाको श्रीमान विदेशमा भएका कारण यसअघि पनि सिपाही घले उनीसँग जिस्कन्थे ।
घटना भएको दिन सुटुक्क महिलाको कोठामा छिरेका श्रेष्ठले शरीरका संवेदनशील अंगमा छुँदै शारीरिक सम्बन्धको प्रस्ताव गरेका थिए । तर, नमानेपछि जबर्जस्ती गरेको पीडित महिलाले बताएकी छिन् । घटना दुई साता अघिको भए पनि अहिलेसम्म गुपचुप नै राखिएको थियो ।
.jpg)

0 comments
Write Down Your Responses