म राजनेता बन्न चाहन्छुः अध्यक्ष प्रचण्ड
सोमबार, फाल्गुण १८,
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकको राजनीतिक स्थायीत्वका लागि राज नेताको खाँचो रहेको बताउँदै त्यसको पूर्ति आफू गर्न तयार रहेको उद्घोस् गरेका छन् ।
‘मुलुकलाई राजनेताको आवश्यकता छ, मलाई जनताले तपाई राजनेता बनिदिनु पर्यो भन्नु भएको छ’ उनले भने ‘त्यसको लागि म तयार छु ।’ उनले आफूले राजनेताको भूमिका खेल्न सक्ने दावी समेत गरेका हुन् ।
विर्तामोडमा बी एण्ड सी मेडिकल कलेजको उद्घाटन गर्दै दाहालले आफूलाई नेताहरुले राजनेताको भूमिका खेल्न आग्रह गरिरहेको उल्लेख गर्दै जनताले चाहे त्यो संभव हुने बताएका हुन् । अध्यक्ष दाहालले संविधान निर्माण प्रक्रियाबाट आफूहरु नभई कांग्रेस एमाले भाग्न खोजेको आरोप लगाए ।
उनले कांग्रेस एमालेले संविधानसभाबाट संविधान नचाहेको आरोप लगाउदै संविधानसभाको मूलढोकामा भोटे ताल्चा लगाएर आफूहरुलाई भित्र बोलाएको टिप्पणी गरे । अध्यक्ष प्रचण्डले संविधान निर्माण प्रक्रियाबाट आफूहरु पछि नहटेको बताउँदै यही संविधानसभाबाट संविधान आउने दावी गरे ।
.jpg)

0 comments
Write Down Your Responses