दारी नपाल्नुस् ! महिला डराउँछन्

एजेन्सी ।


महिलाहरुलाई दारी भएका होइन दाडी काटेका चिटिक्क अनुहार भएका पुरुषलाई बढी मन पराउँछन् । यो सामान्य भनाइ होइन । हालै गरिएको एक अध्यनले निकालेको निष्कर्ष हो ।


न्यूजिल्याण्ड र क्यानडामा गरिएको एक अध्यनले दारी पाल्ने पुरुषको तुलनामा दारी काट्ने पुरुषलाई महिलाले मन पराउने देखाएको हो ।

१९ जना दारी भएका पुरुषका फरक फरक तस्विर खिचेर उनीहरुलाई दारी काट्न लगाइएको थियो । दारी काटेर पनि उनीहरुलाई त्यतिकै पोजमा तस्विर खिच्न लगाइयो ।

ती तस्विर २०० भन्दा बढी महिलाहरुलाई देखाइयो । अधिकाँश महिलालाई दारी भएका भन्दा दारी नभएका पुरुषलाई नै मन पराएको पाइयो ।

दारी पाल्ने पुरुषलाई महिलाले लडाकु र रिसाहा सम्झिने गरेको समेत यो अध्यनका क्रममा पाइयो ।


त्यति मात्र होइन दाडी जुङ्गा भएका पुरुषसँग नजिक हुँदा महिलाहरुलाई असजिलो हुने र दाडी विझाउने भएकाले चुम्बन गर्न समेत हिचकिचाउने गरेको सहभागीले बताएका थिए ।

0 comments

Write Down Your Responses