ओबामाले चुइगम चपाएर ठीक गरे कि बेठिक ?
अमेरिकी राष्ट्रपति बाराक ओबामाले सार्वजनिक मञ्चमा चुइगम चपाएको कुरा आलोचनाको बिषय बन्यो । सार्वजनिक मर्यादाको दृष्टिबाट जसले आलोचना गरेपनि चुइगम चपाउने बानी स्वास्थ्यका दृष्टिले भने लाभदायक हुने नयाँ अध्ययनले पुष्टि गरेको छ ।
करिब १० मिनेटसम्म चुइगम चपाउनाले हाम्रो मुखमा भएको १० करोड ब्याक्टेरिया हटाउन सकिने अनुसन्धानले पुष्टि गरेको हो ।
नेदरल्याण्डको युनिभर्सिटी अफ ग्रोनिजनका विशेषज्ञहरुले गरेको उक्त अध्ययनका अनुसार चुईगमसँग यस्तो अद्भूत क्षमता हुने पुष्टि भएको हो । चुईगमसँग मुखको ब्याक्टेरियालाई समातेर उनीहरुलाई मुखको खाल्डो (क्याभिटी)बाट हटाउने क्षमता हुने अनुसन्धानमा सहभागी विशेषज्ञहरुले दावी गरेका छन् ।
३० सेकेन्डदेखि १० मिनेटसम्म फरक फरक समयकालमा दुई प्रकारको चुईगम चपाउने काम दिएर गरिएको अध्ययनमा बायोमेडिकल इन्जिनियरिङका पाँच जना छात्रलाई सहभागी गराइएको थियो ।
ती छात्रको स्वास्थ्य परीक्षणका लागि सफा कपमा थुक्न लगाउँदा उक्त पानीमा दस करोड ब्याक्टेरिया पाइयो । यसमा पनि कम समयसम्म चुइगम चपाउने छात्रको मुखमा बढी थुक र बढी समय चुइगम चपाउनेको थुकमा कम ब्याक्टेरिया पाइयो ।
.jpg)

0 comments
Write Down Your Responses