यी हुन् प्रेम प्रस्ताव अस्वीकार गरेपछि युवतीमाथि तेजाव आक्रमण गर्ने युवक !

आक्रमणकारीको खोजीमा प्रहरीलाई ९५ प्रतिशत सफलता, सार्वजनिक हुन् बाँकी
२०७१ फागुन १८ गते
काठमाडौं, १८ फागुन । राजधानीमा दुई छात्रामाथि तेजाव खन्याउने आक्रमणकारीको खोजीमा नेपाल प्रहरीलाई ९५ प्रतिशत सफलता मिलेको गृह मन्त्रालयले दाबी गरेको छ ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले यही फागुन १० गते राजधानीमा दुई छात्रामाथि तेजाव खन्याउने आक्रमणकारीको व्यापकरुपमा खोजी भइरहेको र मोबाइलमा भएको कुराकानी तथा अन्य सूचनाका आधारमा प्रहरी आक्रमणकारीको ९५ प्रतिशत नजिक पुगेको जानकारी गराउनुभयो ।


व्यवस्थापिका–संसदअन्तर्गतको राज्यव्यवस्था समितिको आजको बैठकमा सांसदहरूले सो घटनाका दोषी हालसम्म किन पक्राउ नपरेको भनी प्रश्न गरेपछि गृहमन्त्री गौतमले घटनाको दोषीको खोजीमा भइरहेको प्रगतिबारे जानकारी गराउँदै दोषी छिट्टै पक्राउ पर्ने विश्वास दिलाउनुभयो ।

मुलुकको शान्ति सुरक्षाका सम्बन्धमा जातीय, क्षेत्रीय र धार्मिक राजनीति गर्ने राजनीतिक दल तथा विभिन्न समूहबाट ठूलो चुनौती सिर्जना भएको उल्लेख गर्दै गृहमन्त्री गौतमले एकीकृत नेकपा माओवादी नेतृत्वको मोर्चा, नेकपा–माओवादीका साथै पूर्वी तराई र पहाडमा सक्रिय विभिन्न राजनीतिक र आपराधिक समूहका गतिविधिले पनि सुरक्षामा चुनौती थपिएको बताउनुभयो ।

समितिको बैठकमा सांसदहरूले प्रहरीमा भर्ना, सरुवा र बढुवा प्रक्रियामा आर्थिक र राजनीतिक विवाद हुने गरेको आरोप लगाएपछि गृहमन्त्री गौतमले सबै प्रक्रिया नियम कानुन र प्रणालीभित्र रहेर हुने गरेको स्पष्ट पार्नुभयो ।

सांसदहरुले मुलुकमा बालबालिका बलात्कारका घटनामा उल्लेख्य वृद्धि भएको र अपराधमा नयाँनयाँ प्रवृति बढेकाले समयानुकूल कानुनमा परिमार्जन र नयाँ कानुनको निर्माण गर्नुपर्ने सुझाव दिँदै कुनै पनि अपराधीलाई राजनीतिक आवरणमा उन्मुक्ति दिन नहुने बताउनुभएको थियो ।

शान्ति सुरक्षामा सुधार गर्न आवश्यक रणनीति र कार्यनीतिसहितको योजना तर्जुमा गरी प्रहरी सेवालाई जनताको सेवक र मित्रको रुपमा स्थापित गराउँदै अवान्छनीय कार्यलाई तत्काल रोकथाम गरी आम जनतालाई विश्वस्त तुल्याउन समितिले मन्त्रालयलाई निर्देशन गरेको छ ।

0 comments

Write Down Your Responses