विरोधकाबीच उत्तर कोरियाले गर्‍यो अर्को क्षेप्यास्त्र परीक्षण

March 2, 2015

काठमाडौं ।


अमेरिका र दक्षिण कोरियाको ब्यापक विरोधका बाबजुद पनि उत्तर कोरियाले समुद्रमा दुई वटा छोाटो दुरीका क्षेप्यास्त्र परीक्षण गरेका छ ।

उत्तर कोरियाले पश्चिमी शहर नाम्पोबाट सोमबार बिहानमात्रै १० मिनेटको अन्तरमा दुई क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाली रक्षा मन्त्रालयले जनाएको छ ।

उत्तर कोरियाले परीक्षण गरेको ४९० किलोमिटर दुरीसम्म मार हान्न सक्ने क्षेप्यास्त्र परीक्षण गरेको हो ।

दक्षिण कोरियाले आफ्नो विरोधकाबीच अमेरिकासँगको संयुक्त सैन्य अभ्यास सुरु गरेपछि उत्तरले क्षेप्यास्त्र परीक्षण गरेको हो ।

0 comments

Write Down Your Responses