फुटको संघारमा आम आदमी पार्टी, प्रशान्तले मागे केजरीवालको राजीनामा
एजेन्सी, १८ फागुन–दिल्लीमा चुनाव जिेतेर सत्ताको बागडोर सम्हाल्न नपाउँदै आम आद्मी पार्टीमा आन्तरिक कलह तीव्र बन्दै गइरहेको छ ।
प्रशान्त भुषणले राष्ट्रिय कार्यकारिणीलाई पार्टीको सुधारका लागि चिठी लेखेछि सञ्जय सिंहले ट्वीटरबाट त्यसको प्रतिकार गर्दै केजरीवालको बचाउ गरेका छन् ।
सञ्जय सिंहले आफ्नो ट्वीटमा भनेका छन् कि केजरीवालको संयोजक पदबाट हटाउने माग गर्नेहरुले कार्यकर्ताको भावनाको पनि ख्याल गर्नुपर्छ ।
उत्त प्रशान्तले आफ्नो पत्रमा केजरीवालमाथि धावा बोलेका छन् उनले पार्टीको कमकाज र तौरतरिकामा प्रश्न उठाउँदै पार्टी एक व्यक्तिमा केन्द्रित हुँदै गएको बताएका छन् ।
यसभन्दा पहिले आइतबारको दिउसो आम आदिमी पार्टीको राष्ट्रिय कार्यकारिणीमा योगेन्द्र यादवलाई पार्टीबाट हटाउने माग उठेको थियो । पार्टीबाट योगेन्द्रको हटाउने मागलाई लिएर पार्टी फोरममा उनका विरुद्ध पाँच प्रमाण पेस गरिएको थियो ।
राष्ट्रिय कार्यकारिणीलाई लेखेको पत्रमा प्रशान्त भुषणले भनेका छन्, ‘पार्टीमा आन्तरिक लोकतन्त्र त छ तर स्वतन्त्रता छैन ।’ उनले पार्टीको पार्टीमा कामकाजको तरिकामा प्रश्न उठाउँदै पार्टी कोषको सञ्चालनको लागि आधिकारिक कमिटीको माग गरेका छन् । उनले पाटीृको बैठक नियमित नभएको पनि आरोप लगाएका छन् ।
यसभन्दा पहिले पार्टीका आन्तरिक लोकपाल एडमिरल रामदासले हाइकमाण्डलाई चिठी लेखेर पार्टीमा आन्तरिक लोकतन्त्रको अभाव रहेको बताएका थिए ।
.jpg)

0 comments
Write Down Your Responses