एमालेको चेतावनीपछि चितवनमा कोइराला र प्रचण्डबिच ‘वान टु वान’ वार्ता


काठमाडौं । सत्ता साझेदारी दल नेकपा एमालेले संविधान निर्माणको ग्यारेन्टी मागेपछि नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री सुशील कोइराला विपक्ष दलसँग लहसिन थालेका छन् । सत्ता साझेदार दल एमालेले संविधान बन्न ग्यारेन्टी नभए सरकारबाट बाहिरिने चेतावनी दिएको दोस्रो दिन प्रधानमन्त्री कोइरालाले बिपक्ष दलका नेता तथा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग गोप्य भेटवार्ता गर्न लागेका छन् ।


दुई पटक लिखित आह्वान गर्दा पनि संवादका तयार नभएका एमाओवादी अध्यक्ष दाहालसँग मंगलबार चितवनमा गोप्य भेटवार्ता गर्न लागेका छन् । चितवनमा हुन लागेको एक सार्वजनिक कार्यक्रममा भाग लिन प्रधानमन्त्री कोइराला र एमाओवादी अध्यक्ष दाहाल चितवन पुगेका छन् । त्यही यी दुई नेताबिच त्यही गोप्य वार्ता गर्ने सहमति दुई दिन अघि तय भएको प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।

पश्चिम  शिवनगर स्थित नारायणी उच्च माविको स्वर्ण महोत्सव समारोहमा भाग लिने निहुँमा यी दुई नेता चितवन पुगेका छन् । कार्यक्रम सुरु हुनुभन्दा पहिले नै यी दुई नेताबिच गोप्य ‘वान टु वान’ वार्ता हुने भएको छ । वार्तामा कुनै पनि अन्य सदस्यहरु नवस्ने भएका छन् । तर  दाहाल आफ्नो गृह जिल्ला र सानो छँदा पढेको स्कुल भएकाले  कार्यक्रममा उपस्थित हुन लागेका बताएका छन् भने कोइरालाको यो निर्वाचन क्षेत्र हो ।
नेपाली कांग्रेसको आगमी महाधिबेशनसम्म प्रधानमन्त्री पदमा रही पुनः सभापति बन्ने होडमा रहेका कोइरालाले एमाले पछिको प्रतिरक्षा शक्ति एमाओवादीलाई बनाउन चाहेका छन् । एमाले सरकाबाट बाहिरिएपछि एमाओवादी सहितका बिपक्ष दललाई सरकामा लिएर महाधिबेशनसम्म प्रधानमन्त्री बनिरहने दाउमा कोइराला रहेका छन् ।

0 comments

Write Down Your Responses