हिमानीको हात हेर्दै माताले भनिन्-‘पारससँग बस्यौ भने अनिष्टको खतरा छ’
२०७१ चैत १८ गते काठमाडौं,
पूर्वयुवराज्ञी हिमानी आफ्ना पति पारससँग किन यत्तिका समयदेखि अलग छिन् ? आम जिज्ञासाको विषय बनिरहेको छ यो
एक साताअघि निर्मल निवासमा बोलाइएकी २३ वर्षीया एक कुमारी माताले हिमानीसँग फेरि यही कुरा दोहोर्याइन्,‘ सरकारहरु साथमा नभएकै राम्रो । अर्थात्, ज्योतिषीय सिद्दान्त अनुसार उनीहरुबीच ग्रह नमिल्नेमात्र होइन, सँगै बस्दा ठूलै अनिष्टटको खतराका कारण पारस–हिमानी अलग्गिनु सुखद हुने ठम्याइन्, माता सविता (सरु) आचार्यले ।
Paras_Shahधनकुटाकी स्थानीयबासी कुमारी माताले यसअघि ससुराको पनि ग्रहदशा हेरेकी थिइन् । ज्ञानेन्द्रलाई छोरोबाट फलिफाप नहुने कुरा उनैले हो पहिला सुनाएको छ । र, अहिले हिमानीको ग्रहदशा हेर्दा पनि ससुराको झैं योगफल देखिएको छ ।
पति पारसका कारण दिक्दार भएपछि हिमानी आफैंले स्वकीय सचिव स्मृति शाहलाई फोन गर्न लगाई कुमारी मातालाई सम्पर्क गरेकी हुन् । भेटका बेला हिमानीले परिवारको भन्दा पनि देशको चिन्ता गरिन् ।
सोधिन्, ‘देश कसले बनाउँछ ? कहिले शान्ति होला ?’ माताले देशको अवस्था साह्रै रहेको बताइन् । हिमानीको ग्रहमा राजयोग देखियो । आजको जनआस्था साप्ताहिकले खबर छापेको छ ।
.jpg)

0 comments
Write Down Your Responses