सप्तरीमा चट्याङ लागेर ३ जनाको मृत्यु

लहान,१३ चैत-

वर्षासँगै परेको चट्याङ लागेर सप्तरीमा शुक्रबार तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको दिघवा गाविस–५ निवासी ४० वर्षीय दशरथ खंग मण्डल,सीतापुर–८ निवासी ५० वर्षीय रविलाल खंग र हरिहरपुर–३ निवासी ८० वर्षीय बिल्टु चौधरी रहेको प्रहरीले जनाएको छ ।

मण्डल र खंगको करेसाबारीमा काम गरिरहेका बेला र चौधरीको बाटोमा हिँड्दै गरेका बेला चट्याङ लागेर मृत्यु भएको जिप्रका सप्तरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमौरियाले जानकारी दिए ।


तीनै जनाको शव परीक्षणका लागि सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याउने तयारी भइरहेको छ ।


0 comments

Write Down Your Responses