हिमानीको पहलमा थाई अदालतबाट पारस २२ फागुनमा रिहा हुने
काठमाडौं । तीन महिनादेखि थाइलेण्डको जेलमा बन्दी जिवन विताईरहेका पूर्वयुवराज पारस शाह २२ फागुनमा रिहा हुने भएका छन् । फागुनको पहिलो साता थाइलेण्ड पुगेकी पूर्वयुवराज्ञी हिमानी शाहले उनको रिहाइका लागि आवश्यक प्रबन्ध मिलाएकी थिइन ।
थाइलेन्डको जेलमै पुगि श्रीमान पारसलाई भेटेकी हिमानीले थाइलेन्ड स्थित नेपाली दुतावासको पत्र पनि अदालतमा पेश गरिसकेकी छिन् । जेलबाट छुटे लगतै उनलाई नेपाल फर्काउने तयारी निर्मल निवासले गरेको छ । पारसलाई नेपाल फर्काउन हिमानी आफैले पहल थालेकी छिन् । लामो समयदेखि पारस र हिमानबिच बोलचाल थिएन ।
तर हिमानी आफैले पारसलाई भेटेर सम्बन्ध सुधारको पहल गरेकी थिइन । थाइलेण्डको जेलमा उनले भारतीय जोतिषीले दिएको माला पनि आफैले पारसलाई पहिराई दिएकी थिइन । थाइलेण्डको नियम अनुसार बाहिरको ब्यक्तिले थुनुवालाई छुन नपाउने नियम छ । तर नेपाली दुतावासले पत्र लेखेपछि उनले जोतिषीको बुटि घाँटीमा लगाई दिएकी हुन् ।
यसअघि थाइ अदालतले रिहाइका लागि पारस नेपालका पूर्वयुवराज भएको प्रमाणीकरण मागेको थियो । ‘बरु जेलमै सड्छु,दुतावास जान्न’ भन्ने अड्डि कसेका पारसको प्रमाणीकरण पत्र अहिले अदालतमा पेश भएको छ । हिमानी दुतावास पुगेर प्रमाणीकरण पत्र बनाएको थाइलेन्डमा रहेका पारस निकट ब्यक्तिले बताए ।
प्रमाणीकरण पत्र अदालतमा पेश भएपछि उनको सुनुवाई अव छिट्टै हुने पारसका कानुनी सल्लाहकारले निर्मल निवासलाई जानकारी गराएका छन् ।
पारस झण्डै पाँच बर्षदेखि थाइलेन्डमा बस्दै आएका छन् । लागु औषध कारोवारमा विभिन्न समयमा पक्राउ परेपनि पछिल्लो समय भने लामो समयदेखि जेलमा छन् ।
.jpg)

0 comments
Write Down Your Responses