होलिको चिर लिंगो ढल्यो, नराम्रो शंकेत
काठमाडौं बसन्तपुरमा गाडीएको होलीको चिर लिंगो ढलेको छ ।
गएराती ट्याक्सीले लिङ्गोमा ठक्कर दिदा भाचिएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने ट्याक्सि र चालकलाई जनसेवा प्रहरीले नियन्त्रणमा राखेको छ । हरेक वर्ष होलि आउनुपुर्व उक्त चिर गाढ्ने चलन रहि आएको छ ।
होलीको चिर गाढेपछि होली सुरु भएको मानिन्छ ।
यो चिरलाई होली पर्वको प्रतिकका रुपमा लिने गरिन्छ । यो लिंगो होली नसकीदासम्म जस्ताको तस्तै रहनुपर्ने मान्यता रहि आएको छ ।
लिंगो ढलेपछि नराम्रो हुने त होइन भन्ने आशंका पैदा भएका छन । तर, लिंगो ढलेपनि पुजाआजा गर्दे अर्को लिंगो गाड्न मिल्ने संस्कृतिविद्हरुले बताएका छन ।
.jpg)

0 comments
Write Down Your Responses