होसियार ! तपाईको फेसबुक पासवर्डबिना खुल्छ है

एजेन्सी– के तपाईको फेसबुक बिना पासवर्ड खोल्न सकिन्छ ? पक्कै पनि सकिदैन । तर, केही व्यक्ति यस्ता पनि छन्, जसले तपाईको फेसबुक बिना पासवर्ड खोल्न सक्नेछन् । उनीहरुलाई तपाईको फेसबुक खोल्नका लागि पासबोर्डको आवश्यकता पर्दैन ।


फेसबुकमा बढ्दै गरेको अनैतिकता र यसको गलत प्रयोगलाई नियन्त्रण गर्नका लागि फेसबुकका केही कर्मचारीहरु लाई यो सुविधा दिइएको छ । यदि उनीहरु लाई तपाईको कुनै पनि गतिबिधी प्रति रिपोर्ट आएमा त्यसको जाँच गर्न सक्ने अधिकार दिइएको छ । तर, उनीहरुले त्यसबाहेका अन्य कुरा भने हेर्न पाउने छैनन् । यदि त्यसो गरेको पाईएमा उनीहरुको जारीर जाने बताइएको छ ।

‘भेन्टरबिट’ नामक वेबसाइटका अनुसार यो अनुशासनकासाथ पालना गरिने ग्राहक सपोर्ट सेट–अप हो । फेसबुकका कर्मचारीले आफ्नो कामसँग समबन्धीत कामका लागि अरुको फेसबुक बिना पासवर्ड खोलन सक्छन् । र त्यससम्बन्धी कुराहरु जाँच गर्न सक्छन् ।

0 comments

Write Down Your Responses