शाहरुख, सलमान र आमिर खानको फिल्म नहेर भन्ने यी को हुन्
एजेन्सी ।
भारतको सत्तारुढ दल भारतीय जनता पार्टी
भाजपाकी एक नेतृले बलिउडका तीन
सेलिब्रेटी शाहरुख, सलमान र आमिर खानको फिल्म नहेर्न सल्लाह दिएकी छिन ।
देहरादुनको एक कार्यक्रममा बोल्दै सत्तारुढ दलकी नेतृ साध्वी प्राचीले यस्तो सल्लाह दिएपछि भारतभरी हंगामा भएको छ ।
विश्व हिन्दु परिषदको बैठकमा बोल्दै उनले तीन खानको फिल्म बहिस्कार गर्न आग्रह गरेको विषय प्रधानमन्त्री मोदी सम्म पुगिसकेको छ ।
प्रेमको विषयमा तीन खानले
वालवालिकालाई गलत कुरा सिकाइरहेका
कारण उनीहरुको बहिस्कार गर्नु पर्ने उनको
भनाइ थियो । यद्यपी भारतीय जनता पार्टीले भने यस विषयमा कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।
.jpg)

0 comments
Write Down Your Responses