कालो झण्डा देखाउँदै युवा नेता गगन थापामाथि आक्रमण

काठमाडौं, १६ चैत । पार्टीको भातृ संगठनको कार्यक्रमका लागि युरोपको बेल्जियम पुगेका नेपाली कांग्रेस तथा विश्वकै युवा नेता गगन थापामाथि आक्रमण भएको छ ।


भर्खरै विश्व नेतामा चुनिएका नेता थापा केही दिन अगाडी प्रवासी नेपालीहरुको कार्यक्रममा सहभागि हुन बेल्जियम पुगेका थिए ।
 बेल्जियममा रहेका असन्तुष्ट कार्यकर्ताले कालो झण्डा देखाउँदै नेता थापामाथि आक्रमण गरेका हुन् । नेता बेल्जियमबाट पोर्चुगल पुगेका बेला उनलाई कालो झण्डा देखाइएको हो ।

नेता थापालाई झण्डा देखाउने पोर्चुगल एनआरएनमा असन्तुष्ट सदस्यहरु हुन् ।

पोर्चुगलस्थित नेपाली कांग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति पोर्चुगलको अधिवेशनमा सहभागी हुन त्यहाँ पुगेका नेता थापालाई कार्यक्रममा कालो झण्डा देखाइएपछि आक्रमण भएको हो ।

 विपक्षी मोर्चा समर्थक संगठनका प्रतिनिधीहरु एकाएक कार्यक्रमस्थलमा पसेर कालो झण्डा देखाउँदै नाराबाजी गरेपछि आयोजक र उनीहरुबीच झडप नै भएको विपक्षी मोर्चाका एक नेताले बताए । उनका अनुसार कार्यक्रममा केहीबेर सम्म कुटाकुट र हानाहान भएको थियो ।

त्यो समयमा नेता थापामाथि समेत आक्रमण भएको उनले बताए । कालो झण्डा देखाउने विपक्षी मोर्चाका सदस्यहरुले सहमतिको आधारमा संविधान जारी गर्नुपर्ने, आदिबासी जनजाति, मधेसी लगायतका सबै समुदायसँग भएका सहमतिलाई संविधानमा सम्बोधन गर्नु पर्ने माग गर्दै नारावाजी समेत गरेका थिए ।

0 comments

Write Down Your Responses