टिभि सिरियलले यसरी बनायो जिन्दगी बर्बाद…


 April 3, 2015
नोएडा ।


टिभि हेरेर मानिसहरुले धेरै सिक्छन् । नयाँ कुरा थाहा पाउँछन् । तर भारत नोएडाकी एक महिलाको जीवनमा भने नराम्रो असर पुगेको छ । भारतीय टेलिसिरियलले नेपाली महिलालाई पनि असर पुगिरहेको छ भन्ने आरोपलाई यसले पुष्टि गरेको छ ।
सिरियल हेरेर एक महिलाले आफ्नो पतिलाई घरज्वाँई बनाउने योजना बनाए । पतिलाई यो योजना पनि सुनाई । तर उनको पतिले उनको प्रस्ताव स्वीकारेन । ती महिलाले प्रहरी बोलाए र आफुले दाइजोमा ल्याएका सबै सामान ट्रकमा भरेर माइत फर्की ।
हुन त ती महिला अधिवक्त थिइ । ९ महिना अघि मात्र बिहे भएको थियो एक स्कुल सञ्चालकसँग ।
केही दिनअघि देखि उनी टिभिमा झुम्मिएकी थिइन् । एउटा टिभि सिरियलले उनलाई यसरी प्रभाव पा¥यो कि उनी त्यसै गर्न बाध्य भइन् ।
सिरियलमा पतिलाई माइतै राखेर घरज्वाइँ बनाएर राखेमा धेरै सुख पाइने देखाइएको थियो । र, उनले पनि आफ्नो पतिलाई उस्तै बनाउने योजना बनाइन् । ती महिलालाई धेरैले सम्झाए तर केही काम लागेन । उनी सबै आफुविरुद्ध लागेको भन्दै प्रहरीमा उजुरी दिन गइन् । पतिलाई घरज्वाइँ बनाउनै पर्ने पक्षमा उनी अडिग रहिन् । पतिले स्वीकार नगरेपछि आफ्ना सामानसहित माइत गइन् ।–एजेन्सी

0 comments

Write Down Your Responses