सात वर्षीय बालकको शरीरमा ५० भन्दा बढी अप्रेशन



लण्डनमा बस्ने सात वर्षीय बालक बिली मिशेलको शरीरमा गम्भिर किसिमका ५० भन्दा बढी अप्रेशन गरिएको छ । जन्मदै एपर्ट सिंड्रोम नामक रोगबाट पिडित ती बालकको टाउको, अनुहार तथा हात खुट्टाको राम्रोसँग विकास हुन सकेको थिएन । उनलाई सामान्य अवस्थामा ल्याउनका लागि कयौँ खतरनाक अप्रेशनहरु गरिएको हो । यस अवधिमा उनलाई ब्रेन अट्याक तथा रक्तश्राव भएर मृत्युसम्म हुनसक्ने आशंका गरिएको थियो ।
अहिले अप्रेशनमार्फत उनको अनुहारको विकास गरिदै छ । बच्चाकी आमाका अनुसार ती बालकको छाला प्लास्टिक जस्तै थियो । टाउको कुरुप देखिएको थियो भने उनका आँैलाहरु समेत एकआपसमा चिपकिएका थिए ।

एपर्ट सिंड्रोम लागेको व्यक्तिको टाउकोमा रहेका हड्डी गल्ने समस्या हुन्छ जसले सामान्य तरिकाले शरीरको विकास हुन पाउँदैन् । डाक्टरहरुका अनुसार गर्भअवस्थाका वेला हुने कमजोरीले यस्तो समस्या निम्त्याउँछ ।
सर्जनहरुले ती बालकहरुको टाउकोमा टाइटेनियम धातु प्रयोग गरेर अप्रेशन गरेको बताएका छन् । अप्रेशनका बेला सर्जनहरुले बालकको खप्परको दाहीने हिस्सा निकालेर त्यसमा टाइटेनियम धातुलाई स्प्रिङको सहायताले जोडिदिएका छन् ।

,

0 comments

Write Down Your Responses