अदालतले बोलाएपछि सलमान खान बिरामी



एजेन्सी:  बलिउडका चर्चित अभिनेता सलमान खानलाई अदातले  बोलाएपछि बिरामी परेका छन् । उनी बिारमी भएपछि अदालतले बोलाएको  दिन उपस्थित हुन नसक्ने भएका छन्।


तर भारतको प्रधानन्‍यायाधीशले सलमान खानविरुद्धको मुद्दालाई स्विकार गरेपछि उनी बिरामी भएको इन्डिन एक्सप्रेसले उल्लेख गरेको छ।

न्यायाधीशले उनलाई अप्रिल २९ मा अदालतमा हाजिर हुन आदेश समे दिएको छ। उनलाई सडक पेटीमा सुतिरहेका नागरिकमाथि गाडी कुदाएर मारेको आरोप लागेको छ।

यसअघि  चलचित्र 'बजरंगी भाइजान'को छायांकनका लागि मुम्बईको गर्मीबाट कश्मीर पुगेका बलिउड स्टार सलमान खान त्यहाँको चिसो मौसमका कारण बिरामी परेका थिए। बिरामी भएपछि उनी छायांकन छोडेर उपचारका लागि अस्पताल गएका थिए।

सलमान खान १९९८ देखि जनावर मारेको तथा मानिसमाथि ज्यादती गरेको मुद्दा खेप्दै आएका छन्।

0 comments

Write Down Your Responses