७० करोड विगो भएको ५० कर्मचारीबिरुद्ध आज भ्रष्टाचारको मुद्दा दर्ता हुँदै

काठमाडौ ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालकै इतिहासमा भएको ठुलो भ्रष्टाचारको मुद्दा आज दर्ता गर्ने भएको छ । नेपाल पर्यटन बोर्डमा भएको ७० करोड विगो भएको मुद्दा दायर गर्ने तयारी गरेको छ । चारबर्ष अघि सुडान प्रकरणमा ३० करोड बिगोको मुद्दा दायर भएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार नै मुद्दा दायर गर्ने योजनासहित बिशेष अदालतमा पुगेको थियो । तर कार्यालय समय अभावका कारण मुद्दा दर्ता हुन नसकेको अख्तियारले जनाएको छ  ।
आयोगले बोर्डका तत्कालीन कार्यकारी निर्देशक सुवास निरौलासहित ५० जनाबिरुद्ध मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।
ठूलो आकारको बिगो र प्रतिवादीको संख्या धेरै भएकाले समय व्यवस्थापन गर्न नसकेपछि विहीबार दर्ता हुन नसकेको बिशेष अदालतका प्रवक्ता नातेबाबु लामिछानेले बताए । अख्तियारले पर्यटन संस्कृति तथा नागरिक उड्यन मन्त्रालयका पूर्वसचिव, सहसचिव, वोर्डका पूर्व कार्यकारी निर्देशक लगायत ५० जनाबिरुद्ध मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।
पर्यटन बोर्डमा भ्रष्टाचार भएको भन्दै पर्यटन व्यवसायी आन्दोलित भएपछि संसदको सार्वजनिक लेखा समितिले छानबिन गर्न अख्तियारलाई निर्देशन दिएको थियो । वैदेशिक अध्ययन, पर्यटन प्रवर्द्धन, खरिद, भत्ता सुविधालगायत शीर्षकमा ७० करोड भ्रष्टाचार भएको ठहर अख्तियारले गरेको छ ।

0 comments

Write Down Your Responses