पाकेट मारेर ललितपुरमा तीनतले घर
काठमाण्डु, २० चैत
–पाकेटमारी गरेर एक व्यक्तिले ललितपुरमा तीनतले घर बनाएका छन् । नेपालका विभिन्न ठाउँमा पाकेटमारी गर्दै आएका भारतीय नागरिक जितेन्द्र सिंहले पाकेट मारेकै पैसाले नख्खुमा घर बनाएका छन् ।
प्रहरीले ५० वर्षका सिंह र उनका साथी दोलखा घर भएका ४९ वर्षका सन्चबहादुर तामाङलाई बुधबार पक्राउ गरेको छ । ललितपुर प्रहरीले कुमारीपाटीबाट उनीहरुलाई पक्राउ गरेको हो ।
महानगरीय अपराध शाखा ललितपुरका प्रमुख इन्स्पेक्टर नरेन्द्र चन्दका अनुसार सिंह र तामाङले ३० वर्षदेखि पाकेटमारी गर्दै आएका थिए । ‘पाकेटमारीबाटै आफूले ७०÷८० लाख रुपैयाँ कमाएका सिंहले बताएका छन्’, इन्सपेक्टर चन्दले भने, ‘कति पटक पाकेट मारेँ भने आफूलाई याद नभएको पनि सिंह बताएका छन् ।
बेलाबेला भारतबाट ज्याकेट ल्याएर नेपालमा बेच्ने भए पनि आम्दानीको मुख्य स्रोत पाकेटमार नै रहेको प्रहरीले जनाएको छ ।
नयाँ पत्रिका दैनिकबाट
.jpg)

0 comments
Write Down Your Responses