सुनको भाउ ह्वातै घट्यो

सुन बजारमा सुनको मूल्य फेरि घटेको छ । आइतबारदेखि घट्दो क्रममा रहेको सुनको मूल्य बुधवार  भने तोलामा पाँच सय रुपैयाँले घटेर कारोबार भएको छ ।


नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधवारका लागि सुन प्रतितोलाको ५१ हजार एक सय रुपैयाँ निर्धारण गरेको छ । साताको पहिलो दिन आईतबार प्रतितोलामा तीन सय रुपैयाँले घटेर ५१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने  सोमबार मूल्य स्थिर रहेको थियो ।


बुधवार   चाँदी पनि प्रति तोलामा १५ रुपैयाँले घटेर कारोबार भएको छ । सोमबार प्रतितोलाको सात सय २० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोलाको सात सय पाँच रुपैयाँमा कारोबार भएको छ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य रहेको घट्ने क्रम जारी रहेको छ ।

0 comments

Write Down Your Responses