संसारकै सबैभन्दा वृद्धा १ सय १७ वर्षकी महिलाको मृत्यु
१८ चैत, एजेन्सी ।
संसारकै सबै भन्दा वृद्धा भनेर गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा अंकित जापानी महिलाको निधन भएको छ । ११७ वर्षकी मिसाओ ओकावाको बुधबार ओसाकामा निधन भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
चिकित्सकहरुले मासाओ ओकासाको निधन हृदयघातका कारण भएको बताएका छन् । १० दिन अघि देखि उनलाई भोक लाग्न छोडेको परिवारका सदस्यले जानकारी दिए । ओकावाले गत अक्टोबरमा ११७ औं जन्मदिन मनाएकी थिइन् ।
जीवनको विषयमा के सोंच्नु हुन्छ भनेर सोधेको प्रश्नमा उनले अलि छोंटो भएको जवाफ दिएकी थिइन् ।
गिनिज बुक अफ वर्ल्ड रेकर्डसका अनुसार उनको जन्म १८९८ मार्च ५ मा भएको थियो ।
.jpg)

0 comments
Write Down Your Responses