धुम्बाराहीमा एक युवती नग्न मृत अवस्थामा फेला
काठमाडौं । काठमाडौंको धुम्बाराहीमा अर्धनग्न सहित एक युवती मृत अवस्थामा फेला परेकी छिन् । धुम्बाराहीस्थित प्रगती टोलमा बुधबार बिहान ५ बजेतिर अर्धनग्न अवस्थामा जोत्सना तामाङ मृत अवस्थामा भेटिएकी प्रहरीले जनाएको छ ।
विहानै घर अगाडी अर्धनग्न अवस्थामा शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सरस्वती टोल नजिकै डेरा गरी बस्ने तामाङ आफू बसेको घरको तेश्रो तलाबाट भुईंमा झरेको हुन सक्ने प्रहरीको भनाइ छ । घरको छतबाट खसालेर उनको हत्या गराइएको आशंकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिएका एक महिला र एक पुरुषले प्रारम्भिक बयान दिएका छन् ।पक्राउ परेका युवकले आफुले मंगलबार साँझ उनलाई भेटेको तर, हत्याबारे थाहा नभएको बताएका छन् । युवती आफैं झरेको वा कसैले झारेको भन्ने विषयमा अनुसन्धान भइरहेको छ । मुचुल्का गरी शवको पोष्टमार्टका लागि पठाइएको प्रहरीले जनाएको छ ।
.jpg)

0 comments
Write Down Your Responses