पुलिसमा भर्ती हुन गएका युवाले दौडमा रेकर्ड बनाएपछि..

एजेन्‍सी:
  
पुलिसमा भर्ती हुन गएका एक युवाले दौडेर नयाँ रेकर्ड बनाएका छन्। भारतको राजस्थानस्थित हनुमानगढ़ जिल्‍ला स्थायी घर भएका संदीप आचार्यले ३३ मिनेटमा १० किलोमिटर दौडेर नयाँ रेकर्ड बनाएका हुन्। अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

राजस्थान बीकानेरका आईजीपी गिरिधर लाल शर्माले संदीपले 10 किलोमिटरको दौड 33 मिनटमै पूरा गरेको पुष्टि गरेको टाइम्‍स अफ इन्डियाले उल्‍लेख गरेको छ।

दौडिने सहभागीहरुलाई एक घन्टामा १० किलोमिटर दौड्‍नु पर्ने नियम भए पनि २४ वर्षीय सन्दीपले भने आधा घन्टामै उक्त दौड पूरा गरे। बताइए अनुसार उनले दौडेको यो दौड राष्ट्रिय स्तरको मापन गरिएको छ।

 यसका साथै संदीपलाई १.५ किलोमिटर  दौडन लगाउँदा उनले ४ मिनेटमै सो दौड पूरा गरेको भारतीय प्रहरीका वरिष्ठ अधिकारीले बताएका छन्।
अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 comments

Write Down Your Responses