भारतीय फिल्म सुटिङका लागि हेटौंडामा गैंडा दौडाइएको खुलासा

हेटौंडा ।

सोमबार हेटौंडाको सडकमा गैंडाले आतंक मच्चाउनुको पछाडि चितवनस्थित निकुञ्ज प्रशासन र जिल्लाका अधिकारीहरुको गम्भिर लापरवाहीरहेको तथ्य फेला परेको छ ।


चितवन राष्ट्रिय निकुञ्जमा रहेको एकसिंगे गैंडालाई सडकमा दौडाएर फिल्म सुटिङ गर्ने एक भारतीय निर्देशक, नेपालका वन पदाधिकारी तथा स्थानीय प्रशासनको मिलेमतोमा सुरुमा गैंडालाई एकछिन सडकमा दोडाइएको पछि गैंडा बिच्किएर हेटौंडा बजारमा आतंक मच्चाएको रहस्य खुलेको हो ।
विदेशी फिल्मको सुटिङका लागि निकुञ्ज प्रशासनसँगको सहमतिमा दौडाइएको गैंडाले मान्छे नै मारेपछि घटनालाई गुपचुप राख्न खोजिएको दावी गरिएको  छ । सो घटनाबारे डब्लुडब्लुएफले गरेको अनुसन्धानका क्रममा यो तथ्य खुलेको हो । बुधवार राती अबेर सार्वजनिक भएको एक अडियोमा विदेशी फिल्मका निर्देशक श्रीनिवास सुन्दरराजन र नेपालमा सुटिङको ब्यवस्थापनको जिम्मा लिएका अधिकारीबीच कुराकानीमा समेत गैंडा सुटिङमा प्रयोग भएको पुष्टी भएको छ भने सोही गैंडा भागेर हेटौंडामा बितण्डा मच्चाएको खुल्न आएको छ ।
स्रोतका अनुसार भारतको तमिल भाषामा बन्न लागको एक फिल्मको सुटिङका लागि आवश्यक एकसिंगे गैंडा सडकमा दौडाइएको दृष्य सुटिङ गर्न उक्त गैंडालाई निकुञ्जबाट ल्याइएको थियो । गैंडालाई सडकमा एकछिन दौडाएर सुटिङ सम्पन्न गरी पुनः जंगलमा लगी छाड्ने योजना गैंडा बिच्किएपछि तुहिएको स्रोतले जनाएको आर्थिक दैनिकमा समाचार छ ।

0 comments

Write Down Your Responses