जेलबाट छुटेर पारस शाह आज स्वदेश फर्कदै

२०७१ चैत्र १९ बिहीवार


काठमाडौं: पूर्व युवराज पारस शाह आज स्वदेश फर्कदैछन्।

थाइ एयरको नियमित उडानबाट उनी विहीबार स्वदेश आइपुग्ने उनका सहयोगी सुनिल खड्काले जानकारी दिए। ३ वर्षदेखि थाइल्यान्डमा प्रेमिकासँग बस्दै आएका उनी अब नेपालमै बस्ने सहयोगी खड्काले बताए। उनले भने, ' अब पूर्व युवराज पारस आफ्नै देशमा बस्नुहुन्छ, नाङखोई प्रान्तको अदालतले सफाइ दिइसकेको हुनाले उहाँ आउन लाग्नु भएको हो।'

लागूऔषध सेवन गरेको आरोपमा थाइ प्रहरीले गत अक्टोबरमा पारस पक्राउ परेका थिए। पक्राउ परेका उनीविरुद्ध नाङखोई प्रान्तको अदालतले मुद्दा दायर गरेको थियो। मुद्दा खेपिरहेका उनी धरौटीमा रिहा भएर बैंककस्थित अपार्टमेन्टमा बस्दै आएका थिए।

0 comments

Write Down Your Responses