भारतलाई हराउदै नेपाल फाइनलमा

Apr 24, 2015


११ बैशाख, काठमाडौं ।
नेपाल चौध वर्षमुनि महिला खेलाडी सम्मिलित एएफसी यु–१४ गल्र्स रिजनल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

दशरथ रङ्गशालामा आज भएको सेमिफाइनल खेलमा नेपाली महिला टोलीले चिरपरिचित प्रतिद्वन्द्वी भारतलाई १–० गोलअन्तरले पाखा लगाउँदै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।

नेपालको जितमा निर्मला उपाध्यायले निर्णायक गोल गरिन् । उनले खेलको ४४औँ मिनेटमा फ्री किक गोल गर्दै नेपालको जित सुनिश्चित गरिन् । खेलपछि नेपालका प्रशिक्षक किशोरकुमार केसीले फाइनल भिडन्तमा इरान या बङ्गलादेश जुन टोली आए पनि त्यसलाई पराजित गर्दै उपाधि जित्ने विश्वास व्यक्त गरे ।


त्यस्तै, भारतकी प्रशिक्षक मायमोल रक्कीले खेलको विभिन्न समयमा पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा प्रतियोगितामा हार व्यहोर्न बाध्य बनेको बताइन् । अहिले अर्को सेमिफाइनल खेल बङ्गलादेश र इरान प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगितामा जुन टोलीले विजय हासिल गर्छ त्यसै टोलीसँग नेपालले भोलि दिउँसो ४ बजे फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

0 comments

Write Down Your Responses