सलमानका गार्डले फ्यानलाई कुटे
वैशाख ११
बलिउड अभिनेता सलमान खान आजभोली फिल्म ‘बजरंग भाइजान‘ को सुटिङका लागि कश्मिरमा छन्। तर कश्मिरमा उनका फ्यान र पर्यटक भने उनीदेखि रिसाएका छन।
भारतीय सञ्चारमाध्यमका अनुसार सुटिङस्थलमा सलमानलाई भेट्न भन्दै आएका एक फ्यानलाई सलमानका सुरक्षा गार्डले कुटपिट गरेका छन्। कुटपिटपछि उपस्थित फ्यानले नाराबाजी गरेका थिए। स्थितिलाई काबुमा राख्न सलमानले टाढैबाट फ्यानहरुलाई हात हल्लाएर अभिवादन गरेका थिए।
त्यस्तै सलमानसँग कश्मिर घुम्न जाने पर्यटकपनि रिसाएका छन्। किनकी फिल्मको सुटिङका लागि केही पर्यटकिय स्थानमा पर्यटकलाई प्रतिबन्ध लगाइएको छ।
कबिर खानले निर्देशन गरेको फिल्म ‘बजरंग भाइजान‘मा सलमानसँगै करिनाले पनि अभिनय गरेकी छन्। फिल्म आगामी जुलाईमा रिलिज हुनेछ।
.jpg)

0 comments
Write Down Your Responses