अपराधी जिवन मात्रै हो ? सङ्गिता र उनको परिवारको कुनै दोष छैन ?
April 2, 2015
‘यहाँ बिरालो कुटेको दुनियाले देख्छ तर बिरालेले कराइको दूध पोखेको कसैले देख्दैन’
नवराज सिम्खडा
केही समय अगाडि काठमाण्डौको बसन्तपुरमा सङ्गिता मगर, सिमा बस्नेत, अनि हेमु मुखर्जी तेजाब प्रहारबाट घाइते भए। अझै पनि उनिहरुको उपचार हुँदै छ। त्यसरी काठमाण्डौको मुटुमा स्कुले बिद्यार्थी माथी आक्रमण हुनु दुखद हो। अनि त्यसमाथि महिनौ दिन सम्म अपराधी पक्राउ गर्न नसक्नु झनै दुखद थियो जनता आक्रमित थिए । हजारौ नाराबाजी भए प्रसासन को बिरोध भयो गृहमन्त्री को राजिनामा मागियो यो जनताको आबेग र आक्रोश थियो।
यो स्वाभाबिक पनि हो किन कि यत्रो प्रशासन ले एउटा अपराधी लाई पक्राउ गर्न नसक्नु दुखद थियो। घटना घटिसकेपछी सिमा सङ्गिता र हेमुको अवस्था देख्दा दुखी नहुने कोहि थिएन। उनिहरुलाइ देख्दा आम जनताको मुटु छिया छिया हुन्थ्यो, पोल्थ्यो, दुखित बनाउथ्यो सायद त्यो अपराधि लाई कसैले त्यही भेटेको भए कसैले बाकी पनि राख्दैनथे होला जनतामा त्यति आक्रोश थियो भन्ने कुरा त्यति बेला बुझ्न सकिन्थ्यो।
लामो समयको अनुसन्धान पछि करिब एक महिना पछि नेपाल प्रहरिले अपराधी पक्राउ गर्न सफल भयो।अपराधी अरु कोहि नभएर सङ्गितालाइ नै सधै ट्युसन पढाउने एउटै घरको माथिल्लो तलामा बस्ने जीवन बि.क भएको पुष्टि भयो। अपराधिले अपराध स्विकार गर्यो।मायामा धोका पाएर आफुले त्यस्तो घटना घटाएको बयान दियो। त्यसैको कारण अहिले पनि उ प्रहरि हिरासतमा छ। उसले कति सजाय पाउने हो त्यो हेर्न बाकी नै छ।
जब अपराधि पक्राउ पर्यो तब सबैमा कौतुहलता उत्पन्न भयो के आखिर मायामा धोका पाउदैमा उसले त्यस्तो घटना घटाएको हो त ? त्यत्रो अपराध गरेको हो त ? पत्रकारहरुले सोध्ने क्रममा उसले यथार्थता नालिबेली लगाएर भनेको कुरा हरु बिभिन्न अनलाइन र समाचार हरुमा छापिएका छन । हो रहेछ उ अपराधी नै रहेछ उसले आफुमाथी सङ्गिता र सङ्गिताको परिवारले गरेको अन्याय अत्याचार जातिय रुपमा गरिएको विभेद कुटपिट र र जातकै आधारमा आफुलाइ गरेको अपमान सहन नसकेर प्रतिसोधको भावनाले यो घटना घटाएको स्विकार गर्यो। जीवनले यो घटना घटाउने उसको ठूलो भुल हो । मायामा धोका पायो भन्दैमा कसैको ज्यानै लिन खोज्नु मुर्खता पनि हो। उसले सजाय पाउनै पर्छ यसमा कसैको दुई मत छैन तर यहाँ गल्ती जिवनको मात्र छैन सङ्गिता र सिङ्गो सङ्गिताको परिवारको पनि गल्ती देखिन्छ तर यहाँ बिरालो कुटेको दुनियाले देख्छ तर बिरालेले कराइको दूध पोखेको कसैले देख्दैन भने जस्तै भएको हो ।घटनाको अपराधी जीवन भए पनि कारक तत्व सङ्गिता र उनको परिवार हुन भन्ने कुरा सायद धेरै ले बुझ्छन होला । कसले कति सजायको भागेदार हुनुपर्ने त्यो भोलि नै थाह होला म चाहिँ सङ्गिता र जीवन दुबै लाई भाइ बैनी को हैसियतमा केही कुरा भन्ब चाहन्छु।
सङ्गिता बैनिलाइ सुझाब
बैनी सङ्गिता सर्बप्रथम त तिम्रो शिघ्र स्वास्थ्य लाभको कामना। तिमी माथि जुन घटना घट्यो त्यो अति नै दुखदायी थियो । यो दुनियाको कल्पना भन्दा बाहिरको थियो । तिमिमाथी घटेको घतनाले म लगायत आम नेपाली जनताको हृदय छिया छिया भएको थियो/छ किन कि तिमी हाम्री बहिनी जस्तै हौ। तिमिलाइ यो अवस्थामा पुर्याउने जीवन पक्राउ भैसकेको छ उसलाइ कारबाही होला त्यो दिन तिमिलाइ दुखेको घाउ केही भने पनि कम होला त्यो अर्कै पाटो हो।
जिवनको दाबी अनुसार तिमी उसको चेली अनि प्रेमिका पनि हौ। तिमीहरु दुबैले एक अर्कालाइ अति नै माया गर्थ्यौ।उसले पनि तिमिलाइ माया गर्थ्यो र तिमिले पनि उसलाइ माया गर्थ्यौ। तिमिहरु बिच सङ्गै बस्ने हास्ने खाने देखि तिम्रो आमाको आग्रहमा उसले तिमिलाइ ट्युसन पढाउने सम्म पनि गरेकै रहेछ। जब तिमिले उसको नागरिकता मा बि.क भएको देख्यौ तब तिम्रो माया एकासी सत्रुतामा परिणत भएको कुरा बुझिन्छ। तिमिलाइ एउटा प्रश्न सोध्न चाहन्छु, तिम्रो माया जीवन लाई थियो कि उसको जातलाई? हिजो सम्म तिम्रो प्राण भन्दा प्यारो जीवन मा आज के खोट देख्यौ र उस्लाइ घृणा गर्यौ उस्को इज्जतमाथी प्रहार गर्यौ ? तिमी जस्तो समाज परिबर्तन गर्न पर्ने मान्छे अरुलाइ बुझाउन पर्ने शिक्षित मान्छे जातपातको आधारमा उस्को मायालाई लत्याउन मिल्थ्यो ? तिम्रो बाबु समान जिवनको पितामाथी तिमिले मुक्का प्रहार गर्न मिल्थ्यो?हिजो सम्म एउतै खाटमा बस्न हुने सङ्गै खान हुने अनि सङ्गै बसेर माया पिरतिका कुरा गर्दै ट्युसन पढ्ने गरेको मान्छेको भावनामा प्रहार गर्न मिल्थ्यो?त्यो तिम्रो ठूलो कमजोरी थियो त्यसको प्रायस्चित्त तिमिले गर्नै पर्छ। मैले जे देखे त्यही भने अन्यथा नसोच।
जीवन लाई सुझाब
भाइ जीवन तिमी अहिले प्रहरिको हिरासतम छौ किन कि तिमिले अपराध गरेका छौ आफुले गरेको अपराधको सजाय भोगिरहेका छौ। तिमीले जे गर्न हुन्थेन त्यही गर्यौ, त्यो तिमिले गरेको सबैभन्दा भुल हो। सायद तिमिले त्यस्तो अपराध गर्छौ भनेर तिम्रो अभिभावक देखि तिमिलाई पढाउने शिक्षक लगायत तिमिलाइ चिन्ने कसैले पनि सोचेका थियनन होला र आज तिम्रो अवस्था देख्दा उनिहरुलाइ कस्तो भएको होला?उनिहरु आज कुन पिडामा छन होला? हो तिमिले सङ्गितालाइ माया गर्थ्यौ उसले पनि माया गर्थी माया गरेको मान्छेले धोका दिदा रिस उठ्छ। आफुले आफुलाइ कन्ट्रोल गर्न सकिँदैन। तर के मायामा धोका पाइयो भन्दैमा कसैको ज्यानै लिने हर्कत गर्नु राम्रो हो र ?अनि तिम्रो त्यो कस्तो माया जुन मायामा दानबियता देखियो र हत्या गर्ने प्रयत्न गर्यौ।
अर्को कुरा तिमिले आफ्नो खिल्ली आफैले उडायौ कि जस्तो लाग्यो किन कि तिमिलाइ आफ्नो जात भन्न किन अफ्ठेरो लाग्यो ? जे हो त्यो भन्न के हुन्थ्यो र आफ्नो थर नै परिबर्तन गरेर माया लगायौ ? तिम्रो माया सच्चा थियो बने किन तिम्रो जात तगारो बन्यो त ? त्यसैले भाइ तिमिले जे गर्न नहुने थियो त्यो गर्यौ त्यसको सजाय तिमिले भोग्नै पर्छ।कानुनले तोकेको सजाय बाट भाग्न पाइदैन।सायद तिमी अपराधी हौ भन्ने कुरा प्रहरि प्रशासनलाई भन्दा दुनियालाइ थाह भएको भए तिमी कुन हालतमा हुन्थ्यौ जनताले तिम्रो के हबिगत बनाउथे त्यो कल्पना फर्न सकिदैन।धन्न तिमी भाग्यमनी रैछौ र एकै पटक प्रशासन मा पुगेर कानुन भन्दा बाहिर हुने कारबाही बाट बच्यौ त्यसैमा गर्व गर त्यस पछि कानुन ले तोकेको सजाय भोगेर समाजमा आइसके पछि असल मान्छे बनेर तिम्रो कारण बाबू आमा को हृदयमा लागेको चोट कम गर्ने प्रयत्न गर।
nabarajsimkhada94@gmail.com
.jpg)

0 comments
Write Down Your Responses