आज खण्डग्रास चन्द्रग्रहण लाग्दै,कुन राशिलाई कस्तो असर पर्ने ?
काठमाडौं, २१ चैत
आज अर्थात शनिबार चैत शुक्ल पूर्णिमाको दिन । खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ। काठमाडौं उपत्यकाबाट बेलुका ६ बजेर २३ मिनेटदेखि साढे ७ बजेसम्म चन्द्रमामा ग्रहण देखिने बताइएको छ।
नेपाल सहित पूर्वी एसिया, पश्चिम तथा उत्तरी अमेरिका, न्युजिल्याण्ड र अष्ट्रेलियाबाट पनि चन्द्रग्रहण देखिने भएको छ । शनिबारको ग्रहण यो वर्षको दोस्रो खण्डग्रास चन्द्रग्रहण हो । यसअघि गएको असोज २२ गते पनि खण्डग्रास चन्द्रग्रहण लागेको थियो ।
ज्योतिषहरुका अनुसार तुला, मिथुन तथा कुम्भ राशिका व्यक्तिलाई यो चन्द्रग्रहणको नराम्रो प्रभाव पर्ने ज्योतिषहरुको भनाई छ । यस्तै मेष, सिंह, धनुलाई ग्रहण शुभ रहने र बाँकी सबै राशिका व्यक्तिमा ग्रहणको प्रभाव मध्यम रहने ज्योतिषको भनाई छ ।
ग्रहण लागेका बेला चन्द्रमालाई सीधा आँखाले हेर्न नहुने र ग्रहण सकिएपछि नजिकको नदी वा खोलामा गएर स्नान गर्नु पर्ने धार्मिक विश्वास रही आएको पाइन्छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहाेला ।
.jpg)

0 comments
Write Down Your Responses