प्रहरी र प्रदर्शनकारीबीच रौतहटको सदरमुकाम गौरमा झडप, पूर्वसभासद सहित केही घाइते


April 3, 2015


रौतहट ।
सेवा केन्द्र विस्तारको विरोधमा प्रदर्शन गरिरहेका प्रदर्शनकारी र प्रहरीबीच रौतहटको सदरमुकाम गौरमा दोहोरो झडप भएको छ ।
गौरको पूर्वपट्टी बरहवापुल नजिक आन्दोलनकारी र प्रहरीबीच दोहरो झडप भएको हो । झडपमा प्रहरीले चलाएको गोलि लागी एकजनालाई घाईते भएका छन भने झडपमा चारजना प्रर्दशनकारी घाइते भएका छन् ।
झडपमा प्रहरीले चलाएको गोली लागेर मुडबलवा गाविस–९ का अन्दाजी २५ बर्षिय विधानन्द यादव गम्भिर घाइते भएका छन् । उनको टाउकोमा गोली लागि अचेत भएको अवस्थामा जिल्ला अस्पताल गौरमा उपचार पश्चात थप उपचारका लागी वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा पठाइएको छ ।
उनको अवस्था गम्भिर रहेकाले वीरगञ्ज पठाइएको स्वाथ्यकर्मी प्रविण झाले बताएका छन । त्यसैगरी दोहरो झडपमा पूर्व सभासद् बबन सिंह, गौर नपा– ९ का विकास शाह, एमाओवादीका राजेश शाह, आमरण अनशन बसेका महेन्द्र सिंह घाइते भएका छन ।
घाइतेहरुको जिल्ला अस्पताल गौरमा उपचार भइरहेको छ । त्यसैगरी आन्दोलनकारीको ढुंगा प्रहारबाट प्रहरी जवान बिरेन्द्र यादवको देब्र हातको दुईवटा औला भाँचेको छ ।
घाइते जवानको गौर अस्पतालमा उपचार भइरहेको छ । झडपमा प्रहरीले दुई दर्जन भन्दा अश्रुग्यास र आधा दर्जन गोलीप्रहार गरेको थियो । घटनापछि गौरको अवस्था तनावग्रस्त बनेको छ । नगर क्षेत्रमा व्यापकरुपमा सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ ।

0 comments

Write Down Your Responses