तीम्ल्याहा तिन दिदी बहिनीको बिहेमा श्रीमानहरु झुक्किएपछि….
ब्राजिलको फन्डोमा बस्दै आएका तीम्ल्याहा दिदी बहिनीको एउटै मण्डपबाट बिहे गराइदिँदा उनीहरुलाई बिहे गर्ने पुरुषहरु झुक्किएका छन्
। २९ वर्षीया तीन दिदी बहिनीलाई सँगै मण्डपमा राखिएपनि उनीहरुको मिल्दोजुल्दो जिउडाल र अनुहारका कारण हुनेवाला श्रीमानहरु अलमल्लमा परेका हुन् । तीनै जनाले उस्तै किसिमका विवाह पहिरन, हेयरस्टाइल र मेकअप समेत उस्तै गरेका उनीहरु एक अर्कालाई चिनियोस् भनेर फरक–फरक रंगका गुलदस्ता दिइएको थियो । तर, उनीहरुका श्रीमानहरु भने कयौं पटक झुक्किएका थिए । ती दिदी बहिनीहरुले कयौँ पटक त जानी–जानी आफ्ना हुनेवाला श्रीमान तथा अन्य उपस्थित पाहुनाहरुलाई समेत झुक्याएको बताएका छन् ।
.jpg)

0 comments
Write Down Your Responses