पारसको उपहार हिमानीलाई थाई साडी

काठमाडौं । पूर्वयुवराज पारस शाह चार बर्षपछि थाइल्याण्डबाट स्वदेश फर्किदा नेपाल सरकारले उच्च सुरक्षा सर्तकता अपनाउने भएको छ । विहीबार दिउसो पारस नेपाल फर्किदा उनका सयौ समर्थकले कुनै घटना घटाउन सक्ने आशंका गर्दै सरकारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल देखि निर्मल निवाससम्म सुरक्षा सर्तकता अपनाउने भएको हो ।


गृहमन्त्री बामदेव गौतमको निर्देशनमा नेपाल प्रहरीको एक टुकुटी विहीबार बिहानैदेखि त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा परिचालन गरिएको छ । लामो समयपछि नेपाल फर्किन लागेका पारस र उनका समर्थकबाट कुनै घटना घटन सक्ने आशंकामा सुरक्षाकर्मी परिचालित गरिएको गृहमन्त्रालयले जनाएको छ  ।
दिउसो १ बजे पारस थाई इयरबेजबाट नेपाल आउँदैछन् । उनलाई स्वागत गर्न उनका समर्थकहरु राष्ट्रिय झण्डासहित पुग्ने भएका छन् । सयौंको संख्यामा समर्थकहरु पुगेपनि कुनै अराजक घटना नघटने उनीहरुले दावी समेत गरेका छन् ।
पारसले हिमानीलाई साडी किने
विहीबार नेपाल फर्किने भएपछि पूर्वयुवराज पारस शाहले थाइल्याण्डमा परिवारका लागि सपिङ गरेका छन् । उनले छोरा, छोरीका लागि कपडा र श्रीमती हिमानी शाहकालागि थाइ साडी किनेको उनी निकट स्रोतले बतायो । पारिवारिक तनावले लामो समयदेखि बाहिर रहेका पारस सम्बन्ध सुध्रे लगतै नेपाल फर्किन लागेका हुन् । उनी नेपाल फर्किने भएपछि निर्मल निवासमा गृहदशा पनि हेराइएको छ ।

0 comments

Write Down Your Responses