कमेडी किङ कपिल शर्मा विवाह बन्धनमा
नयाँ दिल्ली ।
भारतीय कमेडी किङ कपिल शर्माले गुपचुपमै विवाह गरेका छन् ।
पहिलो गलफ्रेण्डले धोका दिएपछि उनले गुपचुपमै एक बलिउड अभिनेत्रीसँग विवाह गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
कमेडी किङका नामबाट परिचित कपिलको ‘कमेडी नाइट विथ कपिल’ सर्वाधिक लोकप्रिय कार्यक्रम हो । उनले आफ्नो विवाह भएको पुष्टी ट्वीटर एकाउन्टबाट गरेका छन् । ‘
हजुर मेरो विवाह भयो म धेरै खुसी छु’ उनले आफ्नो ट्वीटरमा लेखेका छन् ।
यो भन्दा पहिले कपिलकी एक गर्लप्रेण्ड थिइन । उनले अर्कैसँग विवाह गरेपछि बलिउड अभिनेत्रीसँग उनको अफियर चल्न थालेको थियो । उनकी जीवनसाथी बलिउड अभिनेत्री भएपनि कुनै ठुलो नाम कमाएकी भने होइनन् ।
.jpg)

0 comments
Write Down Your Responses