दार्चुलामा ५.३ रेक्टरको भुकम्प

Apr 2, 2015
१९ चैत,  दार्चुला ।


दार्चुलामा भुकम्पको धक्का महसुस गरिएको छ । आज विहान ३ वजेर ९ मिनेट जादा सो धक्का महसुस गरिएको हो ।

जिल्ला सदरमुकाम खलंगा बाट एक सय ५० किलोमिटर उत्तर पश्चिम भारत केन्द्र विन्दु रहेको सो भुकम्प ५ दशमलव ३ म्याग्नीच्युड ( रेक्टर स्केल ) मापन गरिएको भुकम्प मापन केन्द्र सुर्खेत ले जनाएको छ ।

जिल्लाका उत्तरी भेगमा रहेका व्यास , राप्ला ,सुन्सेरा , धौलाकोट लगायतका गाविसहरुका धक्का बढी महसुस गरिएपछि कुनै क्षती विवरण नआएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । दार्चुला लगायतको यो क्षेत्र भुकम्पको उच्च जोखीममा रहेको छ ।

0 comments

Write Down Your Responses