चार बर्षपछि पूर्वयुवराज पारस भोली नेपाल फर्किदै

काठमाडौं ।
झण्डै चार बर्षदेखि थाइलेण्डमा बस्दै आएका पूर्वयुवराज पारस शाह विहीबार नेपाल फर्किने भएका छन् ।


नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाका छोरी जुवाई बंगलादेशी नागरिक रुवेल चौधरीसँग चितवनमा झडप भए लगतै थाइलेण्डको बैंकक पुगेका पूर्वयुवराज पारस लामो समयपछि घर फर्किन लागेका हुन् ।
थाइलेण्डमा बस्दा निकै दुखदायी जीवनयापन गरेका पारस परिवारको आग्रहमा चार बर्षपछि नेपाल फर्किन लागेका छन् । थाइलेण्डमा रहदाँ झण्डै दुईबर्ष अघि उनी गम्भिर बिरामी परेका थिए । मृत्युको मुखबाट निस्किदाँ समेत नेपाल नआएका पारस यसपटक भने परिवारको आग्रहमा नेपाल फर्किन लागेका छन् ।
थाइलेण्डमा रहदाँ लागु औषध कारोवारमा उनी जेल परेका थिए । दुई पटक थाइलेण्डको जेलमा बसेका पारस बिहीबार दिउसो १२ बजे नेपाल आउन लागेको स्रोतले बताएको छ । केही समयअघि मात्र जेलबाट मुक्त भएका पारस अव सधैका लागि नेपाल बस्ने गरी आउन लागेको स्रोतले बतायो ।
यसअघि जेलबाट मुक्त हुन थाइ अदालतले पारस नेपालका पूर्वयुवराज भएको प्रमाण पेश गर्न आदेश दिएको थियो । पूर्वयुवराज्ञी हिमानी शाह थाईलेण्ड पुगेर उक्त प्रमाण दुतावासबाट अदालत पु¥याएकी थिइन ।
लामो समयपछि पारस नेपाल फर्किने भएपछि उनको स्वागतका लागि युवाहरु बिहीबार त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल पुग्ने भएका छन् । थाइ इयरबेजबाट दिउँसो १२ बजे पारस नेपाल फर्किने भएका छन् । उनको स्वागत कार्यक्रम विमानस्थलबाटै सुरु गर्ने तयारी रहेको उनी निकट एक युवाले बताए ।

0 comments

Write Down Your Responses