किसानका परिवारका ५ जनाले खेतमै सामुहिक आत्महत्या गरे
Apr 24, 2015
११ बैशाख, एजेन्सी ।
भारतको राजधानी नयाँ दिल्लीमा एक किसानले आत्महत्या गरेको घटना सेलाउन नपाउँदै महाराष्ट्रको अकोला जिल्लामा पनि किसान परिवारका ५ जनालले सामुहिक हत्या गरेको छ ।
भारतीय सञ्चार माध्यमले जनाए अनुसार आत्महत्याको कारण सम्पति विवाद भएको भनिएपनि पुष्टी हुन बाँकी छ । प्रहरीले किसन परिवारले खेतमै आत्महत्या गर्नुको कारण खोजि गरिरहेको छ ।
गाउँलेहरु विहान खेतमा पानी लाउन जाँदा किसान परिवारका ५ जना एकै ठाउँ झुण्डिइरहेको अवस्थामा फेला पारेका थिए ।
भारतमा किसानले आत्महत्या गर्ने दर उच्च छ । सरकारले किसानमारा नीति ल्याएको भन्दै २ दिन अघि मात्र एक किसानले राजधानीमै आतमहत्या गरेका थिए । तर पछिल्लो आत्महत्याको कारण भने खुल्न सकेको छैन ।
.jpg)

0 comments
Write Down Your Responses