सोमबार बिहानै भूकम्पको धक्का महसुस
१८ जेठ, काठमाडौं ।
गत बैशाख १२ गतेको विनाशकारी भूकम्पपछि पराकम्पन जाने क्रम रोकिएको छैन । सोमबार बिहान ४ बजेर ३५ मिनेटमा सिन्धुपाल्चोक केन्द्र भएर ४ रेक्टर स्केलको पराकम्पन गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
अघिल्लो दिन अर्थात आइतबार भने पराकम्पन जाने क्रम धैरै नै कम भएको छ । १ बजेर ५४ मिनेट जाँदा लम्जुङ केन्द्र बनाएर ४ दशमलब २ रेक्टर स्केलको एक मात्र भूकम्पको कम्पन महसुस भएको थियो ।
.jpg)

0 comments
Write Down Your Responses